एससीसी पेस गर्ने भएपछि सांसदको चर्को विरोध 

काठमाडौं । एमसीसी पेस गर्ने भएपछि प्रतिनिधिसभा बैठकमा सांसदहरुले चर्को विरोध गरेका छन् । जारी प्रतिनिधिसभा बैठकमा एमसीसी पेस गर्ने कार्यसूचीमा उल्लेख गरिएपछि सांसदहरुले विरोध जनाइरहेका छन् । 

उनीहरुले एमसीसी राष्ट्रघाती रहेको दाबी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटामाथि खनिँदै उनीहरुले एमसीसी अनुमोदन गर्न नहुनेमा जोड दिएका छन् । 

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सर्वदलीय सहमतिमा एमसीसीबारे निर्णय लिनुपर्ने बताए । उनले दलीय सहमतिविना एमसीसीलाई कार्यसूचीमा राखिएकोमा आपत्ति जनाए । 

यस्तै सांसद भीम रावल र प्रेम सुवालले पनि विरोध जनाए । सा‌सद दुर्गा पौडेलले पनि एमसीसी राष्ट्रघाती भएको भन्दै यस्तो विषय संसदमा टेबल नै हुन नहुने बताइन् । 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  २ : ०७ बजे