‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एमसीसी टेबुल गर्ने सहमतिबारे पार्टीमा सल्लाह भएको छैन  : नारायणकाजी श्रेष्ठ

काठमाडौँ ।  माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा टेबुल गर्ने सहमतिबारे पार्टीमा कुनै छलफल नभएको बताउनुभएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन बैठकले एमसीसी संसद्मा टेबुल गर्ने सैद्धान्तिक सहमति गरेको थियो । तर, सत्तारुढ दल माओवादी केन्द्रका नेता श्रेष्ठले भने यसबारे पार्टीमा कुनै छलफल नभएको उल्लेख गर्नुभएको छ ।

“एमसीसी संसद्मा टेबुल गर्ने बारेमा पार्टीमा कुनै छलफल भएको छैन । हाम्रो विरोध कायमै छ ”,  उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : ५९ बजे