सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

एमसीसी संसद्मा पेस गर्ने सत्ता गठबन्धनमा सहमति

काठमाडौँ । सत्ता गठबन्धनमा अमेरिकी अनुदान सहयोग (एमसीसी) टेबल गर्न सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी संसद्मा पेस गर्ने निर्णय गरेको हो । 

सत्ता साझेदार दलहरूमा एमसीसी संसद्मा पेस गर्ने  सहमति भएसँगै आजै बस्ने प्रतिनिधिसभा बैठकमा एमसिसी टेबल हुने र  सार्वभौम संसद्मा गहनरूपमा छलफल भई टुङ्गो लाग्ने बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । 

गठबन्धनको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।  

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ११ : १० बजे