साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं  – चन्द्रागिरी नगरपालिका-११ सतुंगलस्थित चन्द्रागिरी पार्टी प्यालेसमा तास खेलिरहेको अवस्थामा सोही पार्टी प्यालेसका सञ्चालक सोही ठाउँ बस्ने ५४ वर्षीय राजु श्रेष्ठ लगायत ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त पार्टी प्यालेसमा तास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५७ हजार ७ सय ७५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ३ : २८ बजे