सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

एमसीसीबारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा संसद् बैठक बस्नुअघि नै एमसीसीबारे गठबन्धनका दलहरुबीच सहमति जुटाउन आज बिहान १०:०० बजे बैठक बस्न लागेको हो ।

आजको बैठकले एमसीसी संसद्मा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ । शुक्रवार नै गठबन्धनको निर्णायक बैठक हुने भनिए पनि नेकपा एकीकृत समाजवादीले समय मागेका कारण आजसम्मका लागि स्थगित गरिएको थियो ।

नेकपा एकीकृत समाजवादीको  शनिवार बसेको स्थायी कमिटी  बैठकले एमसिसी टेबल गर्न दिने निर्णय गरेको छ। एमसिसी संसद्मा लैजाने र छलफल गर्ने विषयमा सत्तारूढ दल नेकपा माओवादी केन्द्र भने सकारात्मक छैन।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संसद् अवरोध कायमै राख्ने जनाएको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : ३६ बजे