सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित कार्यसूची अटाएन एमसीसी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।

प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०० बजे बस्न लागेको हो । 

बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ः०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको  छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली काँग्रेसले  अमेरिकी सहयोग परियोजना (एमसीसी) आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन । सत्ता गठबन्धनमा सहमति नजुट्दा एमसीसी टेबल हुन सकेको छैन ।

त्यस्तै, सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । संसद् सचिवालयले आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । जसमा अमेरिकी सहयोग परियोजना (एमसीसी) अटाएको छैन ।

संसद् सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एउटा मात्रै एजेण्डा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको प्रतिवेदन २०७७/०७८ पेस गर्ने मात्रै कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७८, आइतबार  ७ : १९ बजे