सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

हिजोसम्म सिमित घेराभित्र थियौं, अब खुला छौं, सबै साथीहरूलाई स्वागत छ : कमल थापा

​​​​​​​काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको मागअनुसार राप्रपा नेपाल स्थापना भएको बताउनुभएको छ  । काठमाडौंमा शनिवार आयोजित घोषणा सभाका क्रममा उहाँले देशमा राष्ट्रवादी पार्टीको आवश्यकता पूरा गर्न राप्रपा आएको बताउनुभयो  ।

सो क्रममा उहाँले अब राप्रपा नेपाल प्रजातान्तित्र शक्तिका रुपमा रहने पनि बताउनुभयो । यस्तै उहाँले राष्ट्रवादी, सनतात धर्म र सँस्कृतिप्रति कटिबद्ध शक्तिका रुपमा समेत राप्रपाले आफूलाई ढाल्ने बताउनुभयो  । सोही कार्यक्रममा उहाँले भन्नुभयो, ‘नेपाली जनताको ठूला चाहना छैनन् । उनीहरूको चाहना भनेको दुई छाक खाने, एक सरो लगाउन, बिरामी हुँदा सहजै उपचार र छोराछोरीलाई स्तरीय शिक्षा दिने हो ।’ यी आधारभुत आवश्यकतामा समेत अन्य पार्टीले चासो नदिएको उहाँको आरोप छ । अब राप्रपा नेपालले यिनै विषयालाई प्राथमिकतामा राख्ने उहाँले बताउनुभयो । उहाँले यसअघि देशभरबाट जम्मा आठ प्रतिशत मत ल्याएकोमा अब ९४ प्रतिशतको दलका रुपमा राप्रपा जानुपर्ने पनि बताउनुभयो । 

उहाँले कार्यक्रममा राप्रपा नेपालमा नयाँ पुराना सबै सहयात्री साथीहरूलाई स्वागत गरिने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी राष्ट्रवादी शक्तिका रुपमा रहन्छौँ । हाम्रो भविष्य उज्जल छ । यो पार्टी युवाहरूको हुनेछ । सोही अनुसार पार्टीमा अधिकांश युवा छन् ।’ उहाँले हिजोसम्म सिमित घेरामा रहेको र अब ति सबै सीमा तोडेको पनि उहाँले बताउनुभयो।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ३ : ०६ बजे