दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अमेरिकामा जारी आपत्कालीन अवस्थाको विस्तार

वासिङ्टन [अमेरिका] । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपत्काललाई निरन्तरता दिनुभएको छ।

"कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको छ । राष्ट्रपतिले सङ्घीय सरकारको पूर्ण क्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रतिकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । पुष्टि भएका सङ्क्रमण केसहरूको सन्दर्भमा संयुक्त राज्य अमेरिका विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित देश हो ।

अमेरिकी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या ८ करोड नाघेको छ । त्यसैगरी ५ करोड भन्दा बढी सङ्क्रमित निको भइसकेका छन् भने ९५८,३०० सङ्क्रमितको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  २ : ०६ बजे