सडक यातायात क्रमशः सहजतातर्फ

सत्ता गठबन्धनमा एमसीसीमा सहमति जुटेन, आइतबार फेरि बैठक बस्ने 

काठमाडौँ । सत्ता  गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा  केही बेरअघि बसेको बैठकमा अमेरिकी अनुदान सहयोग (एमसीसी)का बारे विषयमा सहमति जुट्न सकेन । 

गठबन्धनमा आबद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको हो  । 

बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।

गठबन्धनको आजको  बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ११ : ०८ बजे