दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य चार सयले बढ्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य चार सयले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ ।   बिहीबार तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो  ।

त्यसैगरी, चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ११ : ०१ बजे