ढुंगेअड्डामा विस्फोटक पदार्थ फेला परेको आशङ्का, सेनाको डिस्पोजल टोली पुग्यो

काठमाडौँ । काठमाडौँको ढुंगेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ ।  

सडक पेटीमा भेटिएका दुई वटा वस्तु कुकर बम रहेको आशङ्का गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कालिका पेट्रोल पम्प नजिक शङ्कास्पद वस्तु भेटिएको हो ।

सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ८ : ४३ बजे