सडक यातायात क्रमशः सहजतातर्फ

एमसिसी बारे सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पुनः बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्बाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक आज पुनः बस्ने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठक कुनै निर्णयमा नपुगी टुङ्गिएकाले पुनः छलफल गर्न आज बिहान १०ः०० बजे बस्ने गरी सकिएको थियो ।

बिहीबारको बैठकमा प्रतिनिधिसभाको बैठक बिना व्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्ने बारेमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्व पङ्क्तिलाई अनुरोध गर्नुभएको थियो।

कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी तयार नरहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा हुनुहुन्छ ।  तर फागुन १६ गतेभित्र एमसिसीबारे निर्णय लिइसक्नुपर्ने बाध्यता रहेकाले सत्ता गठबन्धनमा दौडधुप बढेको छ ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७८, शुक्रबार  ७ : ४९ बजे