आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रधानमन्त्री देउवा अध्यक्ष ओली भेट्न बालकोटमा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नु भएको छ ।

सत्तारूढ गठबन्धन बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट जानुभएको हो । सत्ता गठबन्धनका नेताहरूबीचको बैठक सकरात्मक नभएपछि देउवा बालकोट पुगेको बताइएको छ ।

एमसिसी संसद्‍मा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा आआफ्नै अडानमा भएपछि समस्यामा परेका प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्न पुग्नु भएको छ । अहिले देउवा र ओलीबीच बालकोटमा सम्बाद जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ०० बजे