आन्तरिक हवाई उडानमा अत्यधिक चाप

टुंगोमा पुग्न सकेन सत्ता गठबन्धनको बैठक, भोली बिहान पुन: बस्ने

काठमाडौं – सत्ता गठबन्धनको बैठक कुनै ठोस निष्कर्श बिनै सकिएको छ । एमसीसीका विषयमा ठोस धारणा बनाउन बसेको बैठक कुनै टुंगोमा पुग्न नसकेरै सकिएको हो । 

कुनै निष्कर्शमा पुग्न नसकेपछि बैठक शुक्रबार बिहान १० बजे पुन: बस्ने गरी सकिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ८ : ३२ बजे