‘एउटै नाउरको सिकार गर्न २३ लाख’

स्वास्थ्य सामग्री लिएर स्पेनबाट आइपुग्यो आइबेरिया एयरलाइन्स

काठमाडैं ।  स्पेनको राजधानी म्याड्रिडबाट कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री ल्याएर आइबेरिया एयरलाइन्स काठमाडौं आइपुगेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले जहाज कार्गो गरेर कोभिड स्वास्थ्य सामग्री नेपाल पठाएको हो।

कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ। जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख २५ हजार एन्टीजेन किट नेपाल पठाइएको छ।स्वास्थ्य सामग्री ल्याएर आएको जहाजले स्पेनिज नागरिकको उद्धार पनि गर्दै छ। नेपालमा अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा भएका स्पेनिस नागरिक स्वदेश फिर्ता जान सकिरहेका  थिएनन् । 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १२ : ३० बजे