थप ५७० जनामा कोरोना सङ्क्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौं – नेपालमा थप ५७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा नौ हजार ७८९ नमुना परीक्षण गर्दा ५७० जनामा कोरोना पोजेटिभ देखिएको हो ।  यस्तै, आज थप १ हजार ९९३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेको छ । 

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप ६ जनाको मृत्‍यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९११ पुगेको छ । 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ४ : २१ बजे