आन्तरिक हवाई उडानमा अत्यधिक चाप

गठबन्धनको भविष्य सङ्कटमा , रोकिएन प्रचण्डको बार्गेनिङ

काठमाडौं – सत्तारुढ गठबन्धन रहने वा नरहने भन्ने विषयमा बिहीबार बेलुकी ५ बजे बस्ने बैठकले निक्र्र्याेल गर्ने नेताहरूले बताएका छन् ।

गठबन्धनआवद्ध दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीचको छलफलपछि शीर्ष नेताहरूले बिहीबार बेलुकी ५ बजे बस्ने गठबन्धनको बैठकले आफ्नो भविष्य निर्धारण गर्ने बताएका हुन् । 

माधवकुमारसँगको भेटपछि प्रचण्डले ५ बजे बस्ने बैठकले गठबन्धन रहने वा नरहने निक्र्याेल हुने बताएका हुन् । ‘गठबन्धननको भविष्य आज ५ बजे बस्ने बैठकले तय गर्छ,’ उनले भने । 

आफूहरू गठबन्धन जोगाउन पक्षमा रहेका बताएका प्रचण्डले सोहीअनुसार बैठकमा प्रस्तुत हुने बताए । एमसीसीलगायतका विषयमा साझा धारणा बनाउन गठबन्धनको बैठक बस्न लागेको उनले बताए । 

यसैबीच प्रचण्डको बार्गेनिङका कारण गठबन्धनको भविष्य संकटमा परेको छ । प्रचण्डले स्थानीय चुनावपछि एमसीसी पेस गर्नु पर्ने, हाललाई स्थानीय तहको निर्वाचन नै गर्न नहुने, तिन वटै तहको निर्वाचनमा गठबन्धन कायम हुनु पर्ने र दर्जानौ राजनीतिक नियुक्तीमा आफ्ना मान्छे समेट्न प्रधानमन्त्री देउवासँग बार्गेनिङ चलाइरहेका छन् । 

देउवा गलाउनका लागि प्रचण्ड विहानैदेखि केहिले देउवा निवास त कहिले माधवकुमार नेपाल र जसपाका नेताहरुलाई उक्साइरहेका छन् । गठबन्धनमा आवद्घ शिर्ष नेताहरुको बैठक आँज साँझ बस्दैछ । 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ४ : १५ बजे