‘एउटै नाउरको सिकार गर्न २३ लाख’

नेपाललाई ३० हजार लिटर अक्सिजनर ८ सय सिलिन्डर अक्सिजन सहयोग गर्दै तिब्बत

काठमाडौं । चीनको स्वायत्त प्रदेश तिब्बतले कोरोना संक्रमितको उपचारमा  नेपाललाई सहयोग गर्ने भएको छ । तिब्बतले नेपाललाई आपतकालीन स्वास्थ्य सामग्री सहयोग गर्न लागेको हो ।

 तिब्बतले नेपालाई ३० हजार लिटर अक्सिजन ९तरल० र ८ सय थान अक्सिजन सिलिन्डरसहित विभिन्न आपतकालीन स्वास्थ्य सामग्री दिने लागेको हो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले  जानकारी दिनुभयो ।

अन्य सामग्रीमा १० थान अक्सिजन कन्सेनट्रेटर्स, ५ थान भेन्टिलेटर, २ सय थान आईसीयू बेड र १५ हजार थान आपतकालीन एन्टिजेन (कोरोना परीक्षण गर्ने)  किट उपलब्ध गराइने राजदूत यान्छीले बताउनुभयो । चीनको केन्द्र सरकारले पनि यस अघिदेखि नै नेपाललाई अक्सिजनलगायत स्वास्थ्य सामग्री सहयोग गरिरहेकाे छ।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १२ : २३ बजे