सडक यातायात क्रमशः सहजतातर्फ

मन्त्रिपरिषद् बैठक बस्दै, एमसीसी सम्झौता संसद्मा लैजाने विषयमा निर्णय गर्न सक्ने 

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बसे भएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ः०० बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।  बैठकले एमसीसी सम्झौता संसद्मा लैजाने विषयमा निर्णय गर्न सक्ने बताइएको छ ।

त्यस्तै, सत्तारुढ गठबन्धनको बैठकअघि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा मन्त्रालयगत एजेन्डा सहितका विषयमा पनि छलफल हुने जनाइएको छ । 

विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्तिलगायतका विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ  ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  १२ : ०६ बजे