दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको मूल्य आज प्रतितोलामा एक हजार रुपैयाँको दरले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ९६ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि ,बुधवार छापावाल सुन तोलाको ९५ हजार १०० रुपैयाँमा  कारोबार भएको थियो ।

यसैगरी, आज तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । बुधवार एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ११ : १८ बजे