दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ब्राजिलको बाढी पहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको सहर पेत्रोपुलिसमा अचानक आएको बाढी पहिरोका कारण कम्तीमा ९४ जना मानिसहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

बिबिसीका अनुसार रियो दि जिनेरोको उत्तरतर्फ पर्ने उक्त पहाडी सहरमा दशकौँ पछिको ठुलो मुसलधारे वर्षा भएको थियो । सडकमा पानीको भेल पस्दा कारहरू यत्रतत्र देखिन्छन् भने पहाडी खोँचमा रहेका घरहरू पहिरोका कारण सखाप भएका छन्। हिलो मिसिएको भेल मानिसहरूका घरमा छिर्दा कयौँ परिवारहरू घरबार विहीन बनेका छन्।

अधिकारीहरूले विपद्लाई व्याख्या गर्ने क्रममा झन्डै एक महिनाको वर्षा बराबरको पानी केही घण्टामै परेको बताएका छन् । रियो दि जिनेरो राज्यका गभर्नरले त्यो सन् १९३२ पछिको ठुलो वर्षा भएको बताएका छन् । पेत्रोपुलिस सहरका मेयरले त्यहाँ आपत्काल घोषणा गरेका छन्।

एक जना स्थानीयवासीले आफूले पुरिएकी एक बालिकाको जिउँदै उद्धार गरेको समाचार संस्था एएफपीलाई बताउनुभयो। उहाँले भन्नुभयो, “सबैले प्रभावित क्षेत्र युद्ध भूमि जस्तो देखिएको बताइरहेका छन् ।” 

एक जना स्थानीयवासीले आफूले पुरिएकी एक बालिकाको जिउँदै उद्धार गरेको समाचार संस्था एएफपीलाई बताउनुभयो। उहाँले भन्नुभयो, “सबैले प्रभावित क्षेत्र युद्ध भूमि जस्तो देखिएको बताइरहेका छन्।”

रुस भ्रमणमा रहेका राष्ट्रपति जाइर बोल्सोनारूले त्यहाँ तत्कालै सहायता पठाइने बताएका छन्। पेत्रोपुलिस एउटा पर्यटकीय गन्तव्य भए पनि त्यो भू–क्षयको जोखिममा रहेको बताइन्छ।

ब्राजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् । रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ । बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन् । सो सहरका मेयरले आपत्काल घोषणा गरेका छन् । बाढीमा फसेका मानिसहरूको खोजी र उद्धार कार्य तीव्र पारिएको छ । 

सामाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरुमा बाढीले ठुलो क्षति पुर्‍याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ । “मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे”,  एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भन्नुभयो । बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उहाँले बताउनुभयो । 

रसिया भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारेले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयो । बाढीमा फसेका व्यक्तिको उद्धारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ । 

सबैभन्दा बढी प्रभावित क्षेत्रमा ८० घरमा पानी बगेर क्षति पुगेको अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ९ : ०९ बजे