‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

दुई वर्षमा १० हजार दक्ष क्रिकेट खेलाडी उत्पादन गरिने

मोरङ । मालव्यून क्रिकेट क्लब संयुक्त अधिराज्य अमेरिका र नेपाल क्रिकेट फाउण्डेशनले आगामी दुई वर्षभित्र १० हजार विद्यालय स्तरबाट दक्ष क्रिकेट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ कार्य सुरु गरेको छ ।

फाउण्डेशनद्वारा बुधवार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ को मोरङ,  धनकुटा र मधेस प्रदेशका आठ जिल्लाका विद्यालय स्तरका युवायुवतीलाई क्रिकेटसम्बन्धी दक्षता अभिवृद्धि गर्न प्रयोगात्मक प्रशिक्षण र सिद्धान्तसम्बन्धी ज्ञान दिने जानकारी दिइएको छ ।

मेलव्यून क्लबका निर्देशक एन्गुस बेरीले आगामी दुई वर्षका लागि नेपालका विद्यालय स्तरमा छात्रछात्रालाई विशेष प्रशिक्षण दिन वार्षिक रूपमा रु ३० लाख सहयोग गर्ने जानकारी दिनुभयो ।

उहाँले प्रशिक्षणबाट उत्कृष्ट भएका नेपाली खेलाडीको एक समूह गठन गरी भविष्यमा संयुक्त अधिराज्य अमेरिका र  ओमानलगायत अन्य देशमा प्रतियोगितामा सहभागी गराइने बताउनुभयो । 

फाउण्डेशनका संयोजक अभिशेषक श्रेष्ठले तल्लो तहबाट युवा महिला खेलाडीलाई क्रिकेट सम्बन्धित ज्ञान दिई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्नका लागि सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको बताउनुभयो ।

उहाँले आफूले सन् २०१६ देखि विराटनगरमा प्रशिक्षण सुरु गरी हालसम्म १४ जना राष्ट्रिय स्तरका महिला खेलाडी उत्पादन गर्न सक्षम भएको जानकारी दिनुभयो । 

संयुक्त अधिराज्यका तेस्रो तहका क्रिकेटका प्रशिक्षक द्वय साना वेग लि र जोनाथन वुथाले क्रिकेटप्रति छात्रछात्राको आकर्षण वृद्धि गरी आयआर्जनमा सक्षम बनाउन प्रशिक्षणको आयोजना गरिएको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ८ : १५ बजे