सडक यातायात क्रमशः सहजतातर्फ

कस्तो छ आजको मौसम? 

काठमाडौँ । हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । 

दिउँसो प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा सम्भावना छ । सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बाँकी भू-भागमा मौसम सामान्य रहनेछ । शुक्रवार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  राति उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
२०७८ फागुन ०५ गते (बिहीबार)
दिउँसो:
प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। 

२०७८ फागुन ०६ गते (शुक्रवार)
दिउँसो:
देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।  

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ फागुन ०७ गते (शनिवार)
दिउँसो
: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती: देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ८ : ०२ बजे