दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अफगानिस्तानले तीन करोड २० लाख अमेरिकी डलर प्राप्त गर्यो

काबुल – अफगानिस्तानले बुधबार मानवीय नगद सहयोगका लागि तीन करोड २० लाख अमेरिकी डलर बराबरको नगद् रकम प्राप्त गरेको अफगानिस्तानको केन्द्रीय बैंकले जनाएको छ । 

‘द अफगानिस्तान बैंक’ (डीएबी) ले आफ्नो आधिकारिक ट्वीटरमार्फत् उक्त कुरा सार्वजनिक गरेको हो ।

“अफगानिस्तानलाई मानवीय सहायताको प्रतिवद्धता अन्तर्गत पछिल्लो तीन करोड २० लाख अमेरिकी डलरको मानवीय सहायताको १५ औं चरणको सहयोग अफगानिस्तान आइपुगेको छ । उक्त रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआइबी) मा जम्मा गरिएको छ ।” 

अन्तरराष्ट्रिय समुदायको मानवीय सहयोगको मूल्यांकन गर्दै डीएबीले यस क्षेत्रमा अझ बढी सहयोगको माग गरेको छ । 

अन्तर्राष्ट्रिय समुदायले गत हप्तान्तसम्ममा नौ करोड ६० लाख अमेरिकी डलरको मानवीय सहयोगको प्रतिवजद्धता गरेको छ भने यसलाई क्रमशः अफगानिस्तान पठाइनेछ । यो सहयोग गत सप्ताह अन्तदेखि नै मुलुकमा आइपुगेको बैंकले जनाएको छ ।  

उक्त बैंकले जारी गरेको तथ्याङ्कअनुसार युद्धग्रस्त एसियाली यस मुलुकले गत वर्षको अगस्ट महिनाको मध्यतिर तालिबानले अफगानिस्तान कब्जा गरेदेखि ३४ करोड ५० लाख अमेरिकी डलरभन्दा बढी नगद सहयोग प्राप्त गरेको थियो ।

तालिबानको अफगानिस्तान कब्जापछि संयुक्त राज्य अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको नौ अरब अमेरिकी डलरभन्दा बढी सम्पत्ति रोक्का गर्ने घोषणा गरेको थियो । 

रासस÷सिन्ह्वा

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ४४ बजे