आन्तरिक हवाई उडानमा अत्यधिक चाप

थप ६३९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ को मृत्यु

काठमाडौं – नेपालमा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा नौ हजार ७५६ नमुना परीक्षण गर्दा ६३९ जनामा कोरोना पोजेटिभ देखिएको हो ।  यस्तै, आज थप १ हजार ६०० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ । 

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप ३ जनाको मृत्‍यु भएको छ  । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९०५ पुगेको छ ।  

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ४ : ४५ बजे