दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दोहोरो अङ्कले घट्यो सेयरबजार

काठमाडौं – सेयर बजार परिसूचक नेप्सेमा आज  दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज मङ्गलवार नेप्से सूचक १९.८४ अङ्कले घटेर २७ सय ३४.४४ विन्दुमा पुगेको छ ।

स्टक एक्सचेन्जका अनुसार बुधबार कुल १ सय ९१ कम्पनीको ५६ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ।

कुल १९१ वटा कम्पनीको कारोबार हुँदा ३२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १५४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

बुधबार अन्य र जीवन बीमा समूह सामान्य अंकले सकारात्मक रहे भने बाँकी अरु सबै समूह ओरालो लागेको छ । बुधबार निर्जीबन बीमा, उत्पादनमूलक, विकास बैंक र जलविद्युत समूहमा सय अंक हाराहारीको गिरावट आउँदा अरु अधिकांशजसो समूह दोहोरो अंकले ऋणात्मक रहे ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ४ : ०३ बजे