‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

 नेकपा एमाले स्थायी कमिटीको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको आज आकस्मिक बैठक बस्ने भएको छ । 

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा २ः०० बजे बस्ने बैठकमा पार्टी भित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ। बैठकमा माधव नेपाल पक्षसँग वार्ता गर्न गठित वार्ता टोलीले अहिलेसम्म गरेको कामका बारेमा पनि छलफल हुने बुझिएको छ । 

त्यस्तै बैठकमा ​​​​​​​ राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थायी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोगको बारेमा समेत समीक्षा हुने बताइएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ११ : १० बजे