आन्तरिक हवाई उडानमा अत्यधिक चाप

१४ जना सांसद पदमुक्त नगरेसम्म संसद चल्दैन : योगेश भट्टराई

काठमाडौं – नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराई आफूहरूको माग सम्बोधन नगरेसम्म संसद चल्न नदिने बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा उहाँले नेकपा एमालेले उठाएको विषयलाई सम्बोधन नगरेसम्म बैठकमा अवरोध गरिरहने बताउनु भयो ।

नेकपा एमालेले आफूले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त गर्नुपर्ने माग गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  २ : ४९ बजे