आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संसद बैठकमा एमाले सांसदको नाराबाजी

काठमाडौं  । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तैै एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भनेलगत्तै एमाले सांसदरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् । 

एमाले विभाजन गराउन सभामुख सापकोटाको भूमिका रहेको र आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदलाई पदमुक्त नगरेसम्म संसद बैठक चल्न नदिने अडानका साथ एमाले सांसदरूले नाराबाजी गर्दै बैठकमा अवरोध गर्दै आएका छन् । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १ : ५६ बजे