आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

काठमाडौं– सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रमुख विपक्षी दल नेकपा एमाले भने अनुपस्थित भएको छ ।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित भएको हो ।

एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ४१ बजे