‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान शुरु

मकवानपुर । राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान शुरु भएको छ । 

हेटौँडा–४ स्थित भुटनदेवी माविस्थित मतदान स्थलमा अहिले शुरु भएको मतदान ३ बजेसम्म हुने छ ।

निर्वाचनको मत गणना र परिणाम घोषणा आज साँझ नै सर्वाजनिक हुने भएको छ । 

निर्वाचन अधिकृत एवं मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले मतगणना साँझ ५ बजेबाट सुरु गरिने र साँझ ७ बजेसम्ममा मत परिणम आइसक्ने अनुमान गरिएको जानकारी दिनुभयो । 

उपनिर्वाचनमा कोभिड- १९ सङ्क्रमित मतदाताका लागि छुट्टै मतदान केन्द्रसहित तीन वटा मतदान केन्द्र व्यवस्था गरिएको छ ।

निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य १ सय १०  र  प्रदेश अन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २ सय३८ गरी ३ सय ४८ मतदाता कायम रहेको  छ । 

उपनिर्वाचनमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ र स्वतन्त्र उम्मेदवार डा.खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  १० : २१ बजे