आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संसद् बैठकमा एमसीसी पेस गरे सरकारबाट बाहिरिने माओवादीको निर्णय 

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले जबरजस्ती एमसीसी सम्झौता अनुमोदन प्रस्ताव संसद् बैठकमा पेस गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ । 

माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेस गरिए सरकारबाट बारिने निर्णय गरेको सो पार्टीका प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो । 

सरकारले प्रतिनिधिसभाको आज बस्ने बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेपछि माओवादी केन्द्रको सो निर्णय आएको हो ।

काँग्रेसले एमसीसी अनुमोदन गर्नुपर्ने निर्णय गरेसँगै सरकारले आज प्रतिनिधिसभा बैठकमा पेस गर्न लागेको हो । तर, माओवादी केन्द्रले भने दलहरू बीचको सहमतिमा मात्र सो प्रस्ताव पेस गर्नुपर्ने निर्णय गरेको गुरुङले बताउनुभयो । 

उहाँका अनुसार सरकार आफ्नो ढङ्गले अघि बढ्न खोजे गठबन्धन तोडिनेछ । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : ३२ बजे