आन्तरिक हवाई उडानमा अत्यधिक चाप

प्रतिनिधिसभा बैठक उपस्थित हुन आफ्ना सांसदहरूलाई काँग्रेसको ह्विप 

काठमाडौँ । नेपाली काँग्रेसले आज बस्न लागेको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । 

प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल काँग्रेसले आफ्ना सांसदमा ह्विप जारी गरेको हो । 

“आजको संसद् बैठकमा उपस्थित हुन पार्टीले ह्विप जारी गरेको छ” काँग्रेस सांसद देवी तिमल्सिनाले भन्नुभयो । 

काँग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्नुपर्ने र यसमा लागि सबै राजनीतिक दल सहभागी हुन पनि आग्रह गरेको थियो ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : १४ बजे