आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संसद् बैठकमा सभामुख सापकोटा अनुपस्थित हुने आशङ्का 

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित हुने आशङ्का गरिएको छ । 

प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ः०० बजेका लागि बोलाइएको छ । सो बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि प्रस्ताव पेस हुने भएपछि सभामुख सापकोटा अनुपस्थित हुने काँग्रेसले आशङ्का गरेको हो । 

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन गर्न नहुने र सभामुख सापकोटा बैठकमा उपस्थित नहुने आशङ्का गरिएको हो ।

माओवादीका नेता समेत रहनुभएका अर्थमन्त्री जनार्दन शर्माले पनि प्रतिनिधिसभाको आजको बैठकमा आफू सहभागी नहुने प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसक्नुभएको छ । 

अर्थमन्त्री शर्मा बैठकमा सहभागी नहुने भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस गर्नुहुने भएको छ ।

यसर्थ माओवादीका पूर्व नेता समेत रहनुभएका सभामुख सापकोटा एमसीसी अनुमोदन प्रस्ताव पेस गरिने आजको बैठकमा अनुपस्थित हुने काँग्रेसको आशङ्का रहेको हो । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ११ : ०६ बजे