दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

भारतका चर्चित सङ्गीतकार बप्पी लाहिरीको निधन

नयाँ दिल्ली । भारतका चर्चित सङ्गीतकार बप्पी लाहिरीको निधन भएको छ ।  

आफ्नो डिस्को बीट्सका लागि परिचित लाहिरीको ६९ वर्षको उमेरमा गए राति मुम्बईको एक अस्पतालमा निधन भएको हो । 

स्वास्थ्यसँग सम्बन्धित विभिन्न समस्याबाट पीडित लाहिरी एक महिनाअघि अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई सोमबार नै अस्पतालबाट डिस्चार्ज गरिएको थियो । 

तर, मङ्गलवार उहाँको स्वास्थ्यमा अकस्मात् समस्या देखिएपछि घरमै चिकित्सक बोलाइएको थियो । स्वास्थ्यमा सुधार नलेखिएपछि तत्काल उहाँलाई अस्पताल पुर्‍याइएको थियो । 

प्रधानमन्त्री नरेन्द्र मोदीसँगै बलिउडका विभिन्न कलाकर्मीले पनि उहाँको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ५५ बजे