आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमालेले आज पनि प्रतिनिधिसभा बैठक अवरोध गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले आज तय भएको प्रतिनिधिसभा बैठक अवरोध गर्ने भएको छ । बैठक दिउँसो १ः०० बजे बस्दै छ ।

एमालेले निष्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै संसद् अवरोध गर्दै आएको एमालेले आज पनि निरन्तरता दिने भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भन्नुभयो,“एमालेले निष्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेसम्म हाम्रो विरोध हिजो पनि थियो, आज पनि रहने छ ।”

सभामुख अग्नि सापकोटाले बिहान साढे ११ः०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ । एमालेका माग कार्य व्यवस्था समितिलाई जानकारी  गराइने  उपनेता नेम्वाङले बताउनुभयो। 

एमसिसीको विषयमा भने एमाले ‘पर्ख र हेर’को अवस्थामा छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ४६ बजे