‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

कोरोना संक्रमणबाट काठमाडौं प्रहरी परिसरका डीएसपी केसीको निधन

काठमाडौं । कोरोना भाइरसो संक्रमणबाट महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको निधन भएको छ ।

नेपाल प्रहरी अस्पतालमा उपचाररत डीएसपी केसीको आज बिहान निधन भएको हो। 

गत वैशाख २२ गते उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो। उहाँको स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसीले ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो।

 

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ९ : ०९ बजे