आन्तरिक हवाई उडानमा अत्यधिक चाप

माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

काठमाडौँ  । सत्तारुढ नेकपा (माओवादी) केन्द्र संसदीय दलको बैठक सुरु भएको छ । 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो । 

आज दिउँसो १ः०० बजे प्रतिनिधिसभा बैठक आह्वान भएको छ । सरकारले संसद्मा एमसिसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।

माओवादीका जनवर्गीय सङ्गठन अहिलेको अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दोलनमा छन् । 

त्यस्तै, सभामुख अग्नि सापकोटाले बिहान साढे ११ः०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइसक्नुभएको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १० : ३४ बजे