सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

आज पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । 

दिउँसो पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
​​​​​​​२०७८ फागुन ०४ गते (बुधवार)

दिउँसो : देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

२०७८ फागुन ०५ गते (बिहीबार)
दिउँसो:
प्रदेश १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानहरूमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती: देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। 

२०७८ फागुन ०६ गते(शुक्रवार)
दिउँसो:
  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  

राती: देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिहीबार प्रदेश १ का पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको आँकलन छ । सोही प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ८ : ०९ बजे