सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ  । 

 आजको बैठकमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना(एमसीसी) टेबल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ ।

मङ्गलवार  बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी पारित गर्ने निर्णय गरेसँगै आजको संसद्मा उक्त सम्झौता टेबल हुन सक्ने बुझिएको छ तर, संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन ।  

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/७८ पेश गर्ने तथा तीनवटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ ।

सत्ता घटक माओवादी केन्द्र र एकीकृत समाजवादीले सदनबाहिर एमसिसीकाे विराेध गरिरहे पनि दबाबमा छन् ।

त्यस्तै,  सभामुख अग्नि सापकोटाले आज दिउँसो १ः०० बजे बस्ने  प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न बिहान साढे ११:०० बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने जनाएको छ । 

एमालेले आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : १२ बजे