सडक यातायात क्रमशः सहजतातर्फ

एमाले सचिवालय बैठक आज बस्दै

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।  

माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा आज बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले  जानकारी दिनुभयो। 

आज दिउँसो १ः०० बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो । 

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : ५४ बजे