आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अध्यक्ष प्रचण्डको दोहरो चरित्रले एमसीसी विवाद : पोखरेल 

जनकपुरधाम – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहालको दोहरो चरित्रका कारण एमसीसी विवादमा परेको दाबी गरेका छन् । 

मंगलबार जनकपुरधाममा नेकपा एमालेले आयोजना गरेको मधेश प्रदेश स्तरीय कार्यकता प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उपाध्यक्ष पोखरेलले प्रचण्डले एमसीसीका बारेमा व्यक्ति र परिवेश अनुसार फरक फरक धारण राखेकै कारण एमसीसी विवादमा परेको दाबी गरे । 

एमसीसीका बारेमा पार्टीका नेता कार्यक्रताबीच एकनासको गठबन्धन तथा विदेशी शक्तिलाई अर्को किसिमको अभिव्यक्ति दिने दिएर एमसीसीलाई प्रचण्डले गिजोल्ने काम गरेको उनले आरोप लगाए । प्रचण्ड नेतृत्वको सरकारको पालामा स्वीकृत भएको एमसीसीलाई अहिले विवादमा पार्ने काम भइरहेको उनले बताए । 

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता पोखरेलले वर्तमान सत्तारुढ दलीय गठबन्धनलाई अव्यवहारिक र अप्राकृतिकको संज्ञा दिएका छन् । संघीय व्यवस्थाको विरुद्धका रहेका चित्र बहादुर केसीको पार्टीसँग गठबन्धन समावेश गरेकोले गठबन्धन नै विचित्र प्रकारको रहेको उनले टिप्पणी समेत गरे । 

सीमा, राष्ट्रिय स्वाधीनता, राष्ट्रियताको सवालमा एमाले कसैसँग सम्झौता नगर्ने बताउँदै उनले भने, ‘अहिले मुलुकमा मुख्य दुई धारको राजनीति भइरहेको छ, एकको नेतृत्व एमालेको गरिरहेको छ भने अर्को नेतृत्व एमाले विरोधी पार्टीहरूले गरिरहेको छ ।’ एमसीसी देउवा र प्रचण्डकै सरकारको पालामा स्वीकृत भएको भन्दै उनले एमालेको पालामा संसद्मा टेबल मात्र भएको बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : ५७ बजे