आन्तरिक हवाई उडानमा अत्यधिक चाप

कांग्रेसको एमसीसी पास गर्ने निर्णय वाह्य शक्तिको भक्ति : रावल

​​​​​​​काठमाडौ – नेकपा एमालेका नेता भीम रावलले नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेर वाह्य शक्तिको भक्ति गरेको आरोप लगाउनु भएको छ ।  

नेपाली कांग्रेसको संसदी दल र कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्ने निर्णय गरेको भन्दै रावलले सामाजिक सञ्जालबाट यसअघिका धेरैवटा सम्झौतामा वाह्य शक्तिको भक्ति गरेको कांग्रेसको चरित्र नफेरिएको उहाँको आरोप छ । 

'२००७ साल यता धेरै राजनीतिक उथलपुथल भएका छन्। जनतामा निकै जागरण र चेतना बढेको छ।तर सत्तास्वार्थमा १९५० को असमान सन्धिको समर्थन,कोशी, गण्डकी, महाकाली र कर्णाली सम्झौतामा वाह्य शक्तिको भक्ति गरिएको नेकांको चरित्र नफेरिएको राष्ट्रघाती प्रावधानसहित एमसीसी अनुमोदन गर्ने निर्णयले देखायो' रावलले भन्नुभएको छ ।

​​​​​​​

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ८ : १४ बजे