जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

काठमाडौँ । जबरजस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले २४ वर्षपछि पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इचङ्गुनारायण नगरपालिका–२ ठूलो भ¥याङ बस्ने संखुवासभा मकालु गाउँपालिका–१ स्थायी ठेगाना भएका ४० वर्षीय मिङ्तेम्वा शेर्पा रहेका छन् । 

जिल्ला अदालत संखुवासभाले १० चैत २०६१ मा उनलाई ५ वर्ष कैद र प्रतिवादीको अंश भागबाट आधा पीडित महिलाले पाउने फैसला सुनाएको थियो । त्यसपछि उनी फरार रहेका थिए । 

उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं ठूलोभ¥याङमा फेला पारी पक्राउ गरेको हो ।     

उनलाई १८ पुस २०५४  राति मकालु गाउँपालिकास्थित चत्वेक भन्ने स्थानमा पीडित महिला एक्लै आउँदै गरेको फेला पारी मारिदिने धम्की दिई जबरजस्ती करणी गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।    

फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ५ : ३६ बजे