दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सेयर बजारमा ५३ अङ्कको वृद्धि

काठमाडौँ – सेयर बजार परिसूचक नेप्से आज ५३ अङ्कले  वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज मङ्गलवार नेप्से सूचक ५३.३० अङ्कले बढेर २७ सय ५४.२८ विन्दुमा पुगेको छ ।  

आज कुल १९१ वटा कम्पनीको ६३ लाख ४३ हजार २८८ कित्ता सेयर खरिद बिक्री भएको छ भने कुल ३ अर्ब २३ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ । कुल १९१ वटा कम्पनीको कारोबार हुँदा १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ वटा कम्पनीको सेयर मूल्यमा कुनै उतारचढाव भएको छैन  ।

आज सबै भन्दा बढी कमाउनेमा न्यादी जलविद्युतका सेयरधनी रहेका छन्। न्यादी जलविद्युतको सेयर मूल्य आज १० प्रतिशतले बढेको छ। त्यस्तै सबैभन्दा बढी गुमाउनेमा एनआइसी एसिया ब्यालेन्स फन्डका सेयरधनी रहेका छन् । आज एनआइसी एसिया ब्यालेन्स फन्डको सेयर मूल्य ३.१४ प्रतिशतले गिरावट आएको छ।

आज सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । हिमालयन डिस्टिलरीको आज कुल २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँको सेयर किनबेच भएको छ । 

आज सबैजसो उपसूचक बढेर सेयर बजारमा हरियाली आएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ३ : ५६ बजे