आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपतिद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । शर्माको मंगलबार विहान निधन भएको थियो । 

‘प्रखर समालोचक एवं नेपाली भाषामा झर्रोवादी आन्दोलनका अग्रणी डा. तारानाथ शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको छ,’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ। 

निधन भए पनि कृतिका माध्यमबाट शर्मा अमर रहने उहाँले बताउनुभएको हो ।  

‘आफ्ना दर्जनौँ कृतिका माध्यमबाट उहाँ हामी बीच अमर रहनुहुनेछ । दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु,’ राष्ट्रपति भण्डारीले लेख्नुभएको छ ।  

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  २ : १० बजे