आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमसीसी पास गर्न कांग्रेसले नाफाघाटा हेर्दैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीको सन्दर्भमा कांग्रेसले ‘नाफाघाटा’ नहेर्ने बताउनुभएको छ । 
कांग्रेस संसदीय दलको आजको बैठकमा सम्बोधन गर्नुहुँदै देउवाले कांग्रेसले क्षणिक लाभ वा हानिका आधारमा धारणा नबनाउने बताउँदै नाफा घाटा केही नहेरी एमसीसीको पक्षमा उभिने बताउनुभएको हो । 
‘हामीले नाफा घाटा हेरेर निर्णय गर्ने होइन । जे उचित हो त्यहि निर्णय गर्ने हो’, देउवाले भन्नुभयो । 
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसद्‌मा टेबल गर्न सभामुख अग्नीप्रसाद सापकोटासँग कुराकानी गरिसकेको पनि बताउनुभयो ।   देउवाले प्रतिनिधिसभाको बुधबारको बैठकमै एमसीसी टेबल हुन सक्ने संकेत गर्नुभएको हो । 

 

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  २ : ०२ बजे