आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संसदबाट एमसीसी पारित गर्ने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको आजको बैठकल अमेरिकी सहयोग सम्झौता एमसीसी संसदबाट अनुमोदन हुनुपर्ने निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभामा एमसीसी सम्झौता अनुमोदनसम्बन्धी प्रस्तावको पक्षमा उभिने निर्णय गरेको हो ।

कांग्रेस महामन्त्री गगन थापाले एमसीसीबारे सरकारले संसदमा दर्ता गराएको प्रस्ताव संसदमा टेबुल गरी पारित गर्नुपर्ने निर्णय भएको बताए ।
आजको बैठकले त्यो प्रस्ताव संसदबाट पारित हुनुपर्ने निर्णय गरेको छ’, थापाले भने ।

बैठकमा कांग्रेस सांसदहरूले एमसीसीमा केन्द्रित भएर धारणा राखेका थिए । परराष्ट्रमन्त्री डा। नारायण खड्का र पूर्वअर्थमन्त्री डा। रामशरण महतले एमसीसीबारे सांसदहरूलाई ‘ब्रिफिङ’ गरेका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  १ : ५९ बजे