दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ – सुनको भाउ मंगलबार  प्रतितोलामा एक हजार २०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंंगलबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयामा  कारोबार भएको महासंघले जनाएकाे छ । 

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको ९६ हजार दुई सय रुपैँया निर्धारण भएको छ । 

चाँदीको मूल्य पनि २० रुपैयाँले बढेको छ । सोमबार एक हजार ३०० रुपैँयामा कारोबार भएको चाँदी मंगलबार एक हजार ३२० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ११ : ३७ बजे