आन्तरिक हवाई उडानमा अत्यधिक चाप

संस्कार नभएका संस्कृति मन्त्री : अश्लील गाली गर्दै दिए अपहरणको चेतावनी

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको असली चरित्र बाहिरिएको छ ।

भाइरल हुनका लागि अन्धाधुन्ध कारर्वाही र मनपरी गरिरहेका संस्कृत मन्त्री आलेको भित्री रहस्य बाहिरीको हो । मन्त्री आलेले भारतमा मजदुरी गरेर बस्ने एक नेपाली युवालाई छाडा शब्दमा लागि गर्दै अपहरण गर्ने धम्की दिनुभएको छ ।

मन्त्री आलेले यती छाडा र अश्लील शब्द प्रयोग गरी ती युवालाई गाली गरेका छन् कि जुन शब्द दुई जना बसेर सुन्नै सकिँदैन । जिम्मेवार मन्त्रीका त के कुरा अहिलेको युगमा साधारण मानिसले पनि त्यति छाडा शब्द प्रयोग गरेर गाली गर्ला भन्ने कल्पना पनि गर्न सकिँदैन ।

एक युवाले उहाँको बारेमा गरेको कमेन्टको विषयलाई लिएर आलेले त्यस्ता शब्द प्रयोग गर्दै गाली गर्नुभएको छ ।

यस्तो छ मन्त्री आले र युवा बीचको सम्बाद : 

संवादमा अश्लिल शव्दकाे प्रयाेग भएकाले ती शव्द हटाइएकाे छ ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं?’ 
युवाः इन्डियातिर छु’ 
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?’
युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् ?’
मन्त्रीः कस्तो आश ?
युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन)
मन्त्रीः भन नी तेरी मा…. तलाईं मैले के गरेको थिएँ ?’ 
युवाः के गरेको छु ? 
मन्त्रीः तलाई मा…. त्यही ठाउँवाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’
युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा…. भन त ठाउँ भन, मुम्बई कहाँ छस, तलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तलाई, मुम्बई कहाँ छस तेरी मा….’
युवाः आउन आउ… आइजो न आइजो, त मुला बेसरम… तस्कर…
मन्त्रीः मुम्बई कुन ठाउँ होस भन त ?
युवाः तस्कर मुला… बेसरम, लाज छैन, तस्कर… मन्त्रीका लागि बेची खाने तस्कर’
मन्त्रीः जे पायो, त्यही लेख्छस मा…कुकुर…तलाईं मा… कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।
युवाः मलाई ? तँ के गर्छस् भन न ?
युवाः त मा… कहाँ छस भन त ?
मन्त्रीः तँ … छोरा होस क्या, त चुतियाँ साले, मु….. ‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस ?’
मन्त्रीः त मा…. ट्वालेट सफा गर्छस् …. का छोरा, मलाई सिकाउँछस ? 
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
मन्त्रीः भन त तँ कहाँ छस ? तलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हाने पछि उता गिर्नेवाला छस ?
मन्त्रीः बम्बई कुन ठाउँमा छस, भन त कुकुर ….का छोरी । 
युवाः बम्बई भन्या त पहिला तलाईं…अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ? 
मन्त्रीः तेरी मा…. तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी…सुन न तलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा… तलाई पख, एकपटक तलाई त्यहीँबाट उठाइदिन्छु ।

प्रकाशित मिति : ३ फाल्गुन २०७८, मंगलबार  ९ : ४७ बजे